
काठमाडौं, ७ असार । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले देशभरका सबै वडामा प्रचारको काम अघि बढाउने निर्णय गरेको छ ।
एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यता र प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमको अध्यक्षतामा आज बसेको विभागको बैठकले सबै प्रदेश र पालिकाका वडा तहसम्म प्रचार विभागको काम विस्तार गर्ने निर्णय गरेको हो ।
प्रचारको कामलाई देशब्यापी बनाउन जरुरी रहेकोकाले अब मुलुकभरका ६ हजार ७४३ वटै वडा, ७५३ वटै पालिकामा प्रचार विभागका प्रमुख तोकेर सञ्जाल निर्माण गर्दै काम अघि बढाउने र सबै तहका प्रचार प्रमुखलाई केन्द्रीय प्रचार विभागसँग जोडने काम गरिने विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनले सबै जनसंगठनका प्रचार विभाग प्रमुख र प्रवक्तालाई पनि विभागसँग जोडेर एउटै लयमा प्रचारको कामलाई व्यवस्थित रुपमा लैजाने जानकारी दिएका छन् ।













प्रतिक्रिया