३ कार्तिक २०८३, मंगलबार

संख्या थाहा पाउन मावन अस्थिपञ्जरको डीएनए परीक्षण गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

us-helicopter-nepalकाठमाडौं, १४ जेठ । नेपाली सेनाले पहिले नभेटिएको तर जेठ ११ गते खोजी गर्दा फेला परेको मानव अस्थिपञ्जरको भागको डीएनए परीक्षणपछिमात्रै दुर्घटनाग्रस्त अमेरिकी मरिन क्रप्सको युएच–वाई हुवे हेलिकप्टरमा कति जना सवार थिए भन्ने तथ्य खुल्ने जनाएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार एक विज्ञप्ती जारी गरी अनुसन्धानको लागि थप मद्धत पुग्ने प्रमाणहरुको खोजी गर्ने क्रममा जेष्ठ ११ गते विगतमा नभेटिएको मानव अस्थिपन्जरको भागदुर्घटनास्थलमा फेला परेको जनाएको कान्तिपुर दैनिकले छापेको छ ।

‘थप भेटिएको अस्थिपन्जरकाठमाडौ ल्याई हाल परीक्षण कार्य शुरु गरिएको छ ।उक्त अस्थिपन्जरपहिला नै संकलन गरिएको ८ जना (नेपाली सेनाको २ र अमेरिकी मरिन कप्र्सको को ६ जना) सैनिकहरुको हो वा अन्य व्यक्तिहरुको हो भन्ने पहिचान गर्न अमेरिकाको विशेषज्ञ टोलीको सहायता लिई डीएनए परीक्षण तथा संयुक्त अनुसन्धान गरी पत्ता लगाउने प्रक्रिया प्रारम्भ भइसकेको छ’, निर्देशनालयको विज्ञप्तीमा उल्लेख छ ।