२८ आश्विन २०८३, बुधबार

मानिसले जस्तैगरी बास्केटबल खेल्ने ‘जुनो’ ! (भिडिओसहित)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । मानिस बाहेक अरू कुने प्राणीले बास्केटबल खेलेको देख्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ । कतिपयलाई त विश्वास पनि नलाग्न सक्ला ।

तर संयुक्त राज्य अमेरिकाको ‘ओरिगन जू’मा रहेको एक ओतले लोभलाग्दो तरिकाले बास्केटबल खेल्ने गरेको छ । त्यहाँका कर्मचारीहरूले एउटी पोथी ओतलाई बास्केटबल खेल्ने तालिम दिएका छन्।

जूनो नामक उक्त नौवर्षे ओतलाई समुद्रबाट उद्धार गरेर उक्त चिडियाखानामा राखिएको हो। कुहिनाका जोर्नीको व्यायाम गराएर उसलाई बाथ रोगको पीडा कम होस् भनेर केही वर्षअघिदेखि जूनोलाई बास्केटबल खेल्न सिकाइएको हो।

भिडिओमा ओतले मज्जाले रमाइलो गरी गरी बास्केटबल खेलेको देखिन्छ । ओत मानिससँग पनि रमाइलो गर्दै खेलिरहेको देखिन्छ । ओत स्तनधारी प्राणी हो। यो प्रायस् नदी, जलाशय वा समुद्रको छेउछाउ बस्ने उभयचर जीव हो।

अहिले विश्वभरि १३ प्रजातिका ओत पाइन्छ। तीमध्ये तीन प्रजातिका ओत नेपालमा पनि पाइन्छ । नेपालमा पाइने ओतमा कालो (यूरेशियन ओटर), खैरो ओत (स्मूथ कोटेड ओटर), र सानो ओत (एशियन स्मल ओटर) गरेर तीन प्रकारका ओत पाइन्छन्।

खैरो ओत शुक्लाफाँटा, बाँके, कोशी, बर्दिया, चितवन लगायत क्षेत्रमा पाइएको अभिलेख छ।