
काठमाडौं, ५ असार । विवादित बनेको दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ को अहिले भारतमा नै पनि चर्को विरोध भइरहेको छ ।
नेपालमा प्रदर्शनी बन्द भइसकेको यो चलचित्रको प्रदर्शनी भारतमा पनि रोक्नुपर्ने माग उठिरहेको छ । यसैबीच रामानन्द सागरको ‘रामायण’मा सीताको भूमिका निभाएकी अभिनेत्री दीपिका चिखलिया पनि ‘आदिपुरुष’ को विरोध गरेकी छन्।
उनले आक्रोशित हुँदै रामायणलाई तोडमोड गरेर चलचित्र बनाइएको बताएकी छिन् । उनले आदिपुरूष बच्चालाई पनि देखाउन नहुने बताएकी छिन् ।
‘यदि तपाईंसँग कन्टेन्टको कमी छ भने त्यसमा किन फिल्म बनाउनुहुन्छ ? यो गल्ती गर्दै हुनुहुन्छ, रामायण विरासत हो, जसलाई हानी गरिरहनुभएको छ। ८–१० वर्षको बच्चाले यो देख्यो भने उसलाई लाग्छ रामायण यही नै हो। त्यसो भए त्यस्ता कुराहरू पटक्कै नगर्नुहोस्, सबै कुरा छुट्याउन चाहन्छु, यो मामिलामा, अरु केही तयार हुन्छ, देखाउन चाहनुहुन्छ भने रामायण होइन, गाईवस्तु देखाउनुहोस्,’ उनले भनेकी छिन् ।
दीपिकाले रामायणमा फिल्म र सिरियल बनाउनुभन्दा विद्यालयमा विषयको रूपमा पढाउनु पर्ने बताएकी छिन्।















प्रतिक्रिया