५ कार्तिक २०८३, बिहिबार

मेहेलेमा फेरि पहिरो: एक घर पुरियो, वृद्ध गम्भीर घाइते

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोले एक घर पुरेको छ ।

पहिरोले मेहेलेको खुवास्थित तार्छदिप लिङ्देनको घर पुरिएको हो। घरमा लिङ्देन एक्लै बस्दै आएका थिए । पहिरो गएको बेला उनी घरबाहिर रहेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै मेहेलेका ७८ वर्षीय वृखबहादुर लिम्बू आज पहिरोमा परी गम्भीर घाइते भएका छन् । बाटोमा हिँड्दै गर्दा माथिबाट आएको पहिरोमा परी उनी घाइते भएका हुन् ।

उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । निरन्तरको वर्षासँगै बाढी र पहिरो जाँदा मेहेले, खेवाङ र सुरुम्खीका बासिन्दा घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् ।

उनीहरु अधिकांश स्थानीय निलगीरि माध्यमिक विद्यालयमा बस्दै आएका छन् ।