५ कार्तिक २०८३, बिहिबार

बाढीपहिरोबाट हालसम्म १० जनाको मृत्यु हुँदा २६ जना बेपत्ता छन्: गृहमन्त्री

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । केहीदिन अघि पूर्वी क्षेत्रमा आएको बाढिपहिरोका कारण हालसम्म १० जनाको मृत्यु भएको भने २६ जना बेपत्ता भएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्राकृतिक प्रकोपका बिषयमा जानकारी गराउदै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मनसुन प्रवेश गरेपछि पूर्वी क्षेत्रमा बढी प्रभाव देखिएको र बाढीपहिरोका कारण १० जनाको मृत्यु, ६ जना घाइते र २६ जना बेपत्ता भएको जानकारी दिएका हुन् ।

बाढीपहिरोका कारण ५४ घर पूर्णरुपमा क्षति भएको पनि उनले जानकारी गराएका छन् । गृहमन्त्री श्रेष्ठले विपद्को घटनापछि प्रभावित क्षेत्रमा राहत र उद्दारका साथै वेपत्ताको खोजी कार्य तीव्र गरिएको बताए ।

अवरुद्ध सडक खुलाउनका लागि बेलिव्रिज निर्माण गर्ने कार्यलाई पनि अघि बढाइएको श्रेष्ठले बताएका छन् ।

प्रधानमन्त्री लगायको टोली बाढी प्रभावित क्षेत्रमा स्थलगत अवलोकनमा गएको र मौसमका कारण तुम्लिङटारबाहेक अन्यत्र जान नसकिएको जानकारी पनि श्रेष्ठले सदनलाई गराएका छन् ।