५ कार्तिक २०८३, बिहिबार

उपप्राध्यापकलाई गुण्डागर्दी शैलीमा मरनासन्न हुने गरी कुटनेहरूलाई नछोडौं: सांसद परियार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेविरूद्वको मुद्दा फिर्ता लिने सरकारको निर्णय आपत्तिजनक रहेको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै परियारले गुण्डागर्दी शैलीमा मरनासन्न हुनेगरी कुटपिट गर्नेहरूलाई छोड्न नहुने बताएका छन् ।

‘न्याय पनि मर्‍यो भने हाम्रो आशा रहँदैन। विश्वविद्यालयजस्तो क्षेत्रमा त्यसरी गुण्डागर्दी शैलीमा मरनासन्न हुने गरी कुटनेहरूलाई नछोडौं। म सम्माननीय सभामुखमार्फत नेपाल सरकारको गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु। कृपया, यो गल्तीलाई सच्याउनुस्। पीडितलाई न्याय दिनुस्,’ उनले भने।

उनले त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उपप्राध्यापक चलाउनेलाई विश्वविद्यालय परिसरमै मरणासन्न हुने गरी कुटपीट गर्नेहरूलाई कडा भन्दा कडा कारबाही गर्नुको सट्टा उनीहरूमाथि लगाइएको मुद्दा समेत फिर्ता लिने काम गरेर सरकारले अन्याय गरेको बताए ।