५ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री प्रचण्ड बाढी पहिरो प्रभावित तुम्लिङ्टारमा (तस्वीरहरू)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न संखुवासभाको तुम्लिङटार पुगेका छन् ।

आइतबार परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु १८ जनाभन्दा बढी बेपत्ता भएका थिए ।

प्रधानामन्त्रीले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्दारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका थिए । प्रधानमन्त्रीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना, सहानुभूतिका साथै उद्दार र राहत र बेपत्ताहरुको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई दिर्देशन दिँदै स्वयम्सेवी संघसंस्थामा अपील पनि गरेका छन् ।

प्रधानमन्त्रीले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबार बिहिनलाई तत्काल स्थानान्तरण र भोलिको लागि आवासको व्यवस्था मिलाउन आवस्यकता अनुसार सरकारले तदारुकताका साथ काम गर्ने बताए ।

प्रधानमन्त्रीसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका सचिव योगेश भट्टराई, नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा पनि  प्रभावित क्षेत्र अवलोकनका लागि गएका छन् ।