५ कार्तिक २०८३, बिहिबार

देशभर ‘आदिपुरुष’ को प्रदर्शन रोक्ने वितरकको निर्णय

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । चलचित्र वितरकले देशभर दक्षिण भारतीय चलचित्र आदिपुरुष’को प्रदर्शन रोक्ने निर्णय गरेका छन् ।

सोमबारबाट देशैभर चलचित्र प्रदर्शन रोक्ने निर्णय भएको वितरकहरूले जानकारी दिएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको निर्देशनपछि काठमाडौंमा सबै हिन्दी फिल्मको प्रदर्शनी रोकिएको थियो ।

बालेनलाई समर्थन गर्दै धरान र पोखरामा पनि फिल्म प्रदर्शनमा रोक लगाइसकिएको छ । अन्तत: वितरकहरूले पनि आदिपुरूषको प्रदर्शन देशभर नै रोक्ने निर्णय गरेका हुन् ।

वितरकहरूले मेयर बालेनले गरेको निर्णयप्रति आफूहरूलाई केही आपत्ति नभएको र कानुनी उपचार समेत नखोज्ने बताएका छन् ।