१ कार्तिक २०८३, आइतबार

विदेशी प्रेमीसँग विवाह बन्धनमा बाँधिदै रविना देशराज

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । सेलिब्रेटी बैंकरको परिचय बनाएकी रविना देशराज विवाह बन्धनमा बाँधिने भएकी छिन् ।

उनी बेलायती प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग विवाह बन्धनमा बाँधिने भएकी हुन् । रविना नायक आयुष्मान र आशिरमान देशराज जोशीकी आमा तथा नायिका प्रियंका कार्कीकी सासु हुन् ।

रविना र स्टुआर्टको मेहेन्दी समारोह सम्पन्न भइसकेको छ। मेहेन्दी समारोहमा प्रेमीसँग रमाइलो गर्दै गरेको एक भिडियो बाहिरिएपछि उनले विवाह गर्न लागेको पुष्टि भएको हो।

मेहेन्दी समारोहमै रविनाले प्रेमीलाई जोसिलो चुम्बन गरेकी छन् । २०७९ सालको फागुन महिनामा प्रणय दिवसको अवसर पारेर रवीनाले प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी थिइन्।

उनले केही समय अघि मेगा बैंकबाट राजीनामा दिएकी हुन् ।