इस्लामाबाद १३ जेठ । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीमा बुधबार एक सवारी साधनमा अज्ञात बन्दुकधारीले गरेको गोली प्रहारमा परी कम्तीमा तीन प्रहरीको मृत्यु भएको छ ।
प्रहरी स्रोतले उक्त जानकारी बुधबार दिएको छ ।
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको प्रान्तीय राजधानी कराँचीको अजिजाबाद क्षेत्रलक्षित सो आक्रमण तीन प्रहरी मारिएका उप प्रहरी निरिक्षक जर्नेल फेरोज साहले जानकारी दिनुभएको छ ।
मोटरसाइकलमा आएका चार आतङ्ककारीले प्रहरीमाथि गोली प्रहार गरी भागेका थिए ।
प्रहरीहरु सडक किनारमा आफ्नो गाडी पार्किङ गरी गाडीमा निदाइरहेको अवस्थामा सो आक्रमण भएको जनाइएको छ ।
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा भने लिएको छैन् । रासस/सिन्ह्वा
















प्रतिक्रिया