२८ आश्विन २०८३, बुधबार

‘मिस एसईई नेसनल २०२३’ को विजेता बनिन् कृतिका

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंं, २ असार । ‘मिस एसईई नेसनल २०२३’ को ताज कृतिका रेग्मीले जित्न सफल भएकी छन् ।

जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा आयोजित प्रतियोगीताको अन्तिमस्पर्धामा उनले भ्युअर्स च्वाइस विधा समेत हात पारेकी छन् ।

प्रतियोगितामा त्रिदेवी श्रेष्ठ फस्ट रनरअप तथा अदीति ढकाल सेकेन्ड रनर अप छानिए । त्रीदेवीले फोटोजेनिक अवार्ड प्राप्त गर्दा अदीतिले ट्यालेन्ट विधाको अवार्ड आफ्नो पोल्टामा पारिन् ।

प्रतिस्पर्धा अन्तर्गत थर्ड रनरतर्फ सुजिना भण्डारी र फोर्थ रनरअप तर्फ कृस्टिना ढुंगाना भए । सुजिनाले म्यानेज्मेन्ट च्वाइस र कृष्टिना पब्लिक च्वाइस विधाको समेत विजेता बने ।

युहान इन्टरनेसनल इभेन्ट्सको ब्यानरमा संचालन भएको प्रतियोगितामा सरिना भारती भ्युअर्स च्वाइस, प्रिन्सा थापा पब्लिक च्वाइस, समिका तामाङ पर्सनालिटी, दिया तिमिल्सिना क्याटवाक, मुक्तिना खरेल कन्जिनियालिटी, साकिरा सिंम्खडा कन्फिडेन्ट, ऐश्वर्या पुडासैनी इन्टेलिजेन्ट, जेनिसा खत्री डिलिजेन्ट र आर्या लामा मिस ग्ल्यामरका रुपमा विजेता घोषित भए ।

३२ जना छात्राहरुको सहभागितामा रहेको प्रतियोगितामा शिक्षाविद्ध छविलाल पाण्डे, चलचित्र निर्देशक एवम् सम्पादक साहिल खान, मोडल एवम् सञ्चारकर्मी रीता कट्टेल तथा नेपाल एयरहोस्टेस् एकेडेमीका रेजिना तुलाधर निर्णायकको रुपमा रहेका थिए । प्रतियोगिताको सञ्चालन एवम् कोरियोग्राफी फेसन कोरियोग्राफर एवम् सञ्चारकर्मी रोजिन शाक्यले गरेका थिए ।

विजेता सबैले उपाधिका साथमा बिभिन्न अवसर समेत हात पारेका छन् ।