२८ आश्विन २०८३, बुधबार

शरणार्थी प्रकरणमा जोडिएकालाई पार्टीबाट निष्कासन गर्न दलहरूलाई रवि लामिछानेको चुनौती

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सांसदहरुलाई पार्टीबाटै निष्काशन गर्न चूनौती दिएका छन् ।

रास्वपा काठमाडौं निर्वाचन क्षेत्र नंवर ७ को प्रथम क्षेत्रीय भेलालाई आज शनिबार काठमाडौंमा सम्बोधन गर्दै लामिछानेले आफ्ना सांसदको अडियो टेप सार्वजनिक हुनेबित्तिकै साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको भन्दै शरणार्थी प्रकरणमा जोडिएका सांसदहरुलाई पार्टीबाटै निष्काशन गर्न सम्बन्धित दलहरूलाई चूनौती दिएका हुन् ।

सिंहदरबार र बालुवाटारमा पैसा बुझ्नेहरु पुर्पक्षका लागि जेल चलान भएको अवस्थामा निर्वाचन क्षेत्रमा पुन: निर्वाचन हुनेगरी निष्कासन गरे आफूहरू प्रतिस्पर्धामा उत्रन तयार रहेको सभापति लामिछानेको भनाइ छ ।

रास्वपाभित्र भ्रष्टाचारलगायतका क्रियाकलाप गर्न त के सपनामा पनि भ्रष्टाचार गरेको देख्न पाउने छुट नरहेको उल्लेख गर्दै उनले मुलुकमा भएका परिवर्तनको मानमर्दन गर्ने छुट कसैलाई पनि नभएको र जनताले चाहेको परिवर्तन बल्ल सुरू हुन लागेको जिकिर गरे ।

यस्तै, उनले देशका विभिन्न स्थानमा बजेको घण्टीको आवाज अब नरोकिने भन्दै आगामी निर्वाचन केन्द्रित कार्यक्रममा जुट्न आह्वान समेत गरेका छन् ।