२८ आश्विन २०८३, बुधबार

एमालेको विपद् व्यवस्थापन विभागले बनायो मनसुनलक्षित कार्ययोजना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । नेकपा एमालेको केन्द्रीय विपद व्यवस्थापन तथा स्वयम्सेवा विभागले आउँदै गरेको मनसुन र त्यसले सृजना गर्ने सम्भावित जोखिम व्यवस्थापनबारे ठोस कार्ययोजना निर्माण गरेको छ ।

पार्टी मुख्यालय च्यासलमा सम्पन्न बैठकले अब सुरू हुने मनसुन र त्यसबाट उत्पन्न हुनसक्ने सम्भावित जोखिमलाई लक्षित गर्दै विपद तथा स्वयम्सेवा नीति तथा अवधारणा निर्माण गर्ने, जोखिमयुक्त स्थानहरूको पहिचान, अध्ययन, अनुगमन र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने तथा स्थानीय सचेतना आदिका विषयमा ठोस कार्ययोजना निर्माण गरेको छ ।

यसैगरी, बैठकले विपद नियन्त्रण उद्दारलगायतका विषयगत तालिम सञ्चालन, राहत तथा उद्दार सामग्री सङ्कलन, भण्डारण तथा वितरणको योजना तय गर्नाका साथै देशव्यापी स्व्यम्सेवा परिचालन गर्ने निर्णय गरेको विभागका प्रमुख किरण पौडेलले जानकारी दिए ।

बैठकमा उपमहासचिव प्रदीप ज्ञवाली, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाललगायत नेताहरूको सहभागिता थियो ।