२८ आश्विन २०८३, बुधबार

बागमतीमा लामाले ल्याए ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँको बजेट

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १ असार । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजारको बजेट प्रस्तुत गरेको छ ।

आज शुक्रबार बागमती प्रदेश सभामा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले ६२ अर्ब बढीको बजेट प्रस्तुत गरेका हुन् ।

कुल विनियोजनमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र वित्तीय व्यवस्थातर्फ रु. ५० करोड विनियोजनक गरिएको मन्त्री लामाले जानकारी दिए ।

त्यस्तै, बजेट कार्यान्वयनका लागि खर्च व्यहोर्ने स्रोतमध्ये कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख, अन्य राजस्वबाट पाँच अर्ब २६ करोड ९४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट १७ अर्ब ८१ करोड २३ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ४५ करोड ४७ लाख व्यहोरिने अनुमान गरेको लामाले बताएका छन् । उनले बजेटमार्फत कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताए ।

उनले प्रदेशको सवलीकरण र संस्थागत सुदृढीकरण तथा सुशासन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बजेट तर्जुमान गरिएको बताएका छन् ।