२८ आश्विन २०८३, बुधबार

नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए शपथ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आज शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश कार्कीलाई शपथ गराएका हुन् ।

कार्की आजै प्रधानन्यायाधीश नियुक्त भएका थिए ।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, संवैधानिक अङ्गका प्रमुखहरू, न्यायाधीशहरू, नेपाल बार एशोसिएसनका अध्यक्ष, नेपाल सरकारका मुख्यसचिव, उच्चपदस्थ सरकारी अधिकारी तथा सुरक्षा प्रमुख उपस्थित थिए ।

यसअघि आजै संसदीय सुनुवाइ समितिबाट कार्कीको नाम अनुमोदन भएको थियो । उनले आउँदो साउनसम्म सर्वोच्च अदालतको नेतृत्व सम्हाल्नेछन् ।