२८ आश्विन २०८३, बुधबार

जनजातिलाई फुटाएर देशलाई कुनै हित हुँदैन, फुटाइँदैन : प्रधानमन्त्री

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनजातिलाई फुटाएर देशलाई कुनै हित हुदैन भन्नेमा आफु स्पष्ट रहेको बताएका छन् ।

भूमे पर्वका अवसरमा नेपाल मगर संघले शुक्रबार काठमाडौंको खुल्लामञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कुनै पनि जातजातिलाई फुटाएर देशको हित हुँदैन भन्नेमा आफु स्पष्ट रहेको र सरकारको यस्तो कुनै नियत नभएको बताएका हुन् ।

उनले जनगणनाको तथ्याङ्क सार्वजनिक गर्ने क्रममा मगर लगाएतका जातजातीहरुलाई फुटाउने वा टुक्राउने काम भएको गुनासो आएपछि यसलाई सच्याउनका लागि आफूले आवश्यक निर्देशन दिइसकेको जानकारी दिए । जनजाति लगाएतको बलिदानीबाटै मुलुकमा ऐतिहासिक परिवर्तन सम्भव भएको भन्दै प्रधानमन्त्री प्रचण्डले कुनै पनि समूदायको अहित हुने गरि सरकारले काम नगर्ने उनको भनाइ छ ।

उनले नेपालको राष्ट्रिय एकता र स्वाधिनताका साथै हामी सबैको अधिकार र पहिचानका पक्षमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले प्रकृतिको पुजा गर्नुको पछाडि निश्चित दर्शन र उद्देश्य अन्तर्निहित रहेको उल्लेख गर्दै मानिस पनि प्रकृतिकै एक अंग भएको बताए ।