२८ आश्विन २०८३, बुधबार

बजेटले व्यवस्थामाथि नै प्रहार गर्‍यो : सीके राउत

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । जनमत पार्टीका अध्यक्ष सीके राउतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटले मुलुकको व्यवस्था माथि नै प्रहार गरेको बताएका छन् ।

आज शुक्रबार प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफलका क्रममा डा. राउतले समग्रमा बजेट विनियोजनलाई हेर्दा व्यवस्थामाथि नै प्रहार भएको अनुभूति भएको बताएका हुन् ।

अन्य प्रदेशले सङ्कलन गर्ने राजस्व भन्दा बढी बजेट पाएको तर मधेशले उठाएको राजस्वको २० प्रतिशत बजेट पनि नपाएको गुनासो उनको छ । उनले बजेटले सप्तरीलाई उपेक्षा गरेको समेत गुनासो गरेका छन् ।