२८ आश्विन २०८३, बुधबार

राजेन्द्र लिङ्देनको प्रश्न– यस्तो नीरस बजेट बनाउने बुद्धि र ज्ञान अर्थमन्त्रीलाई कसले दियो ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी आर्थिक वर्षको बजेटमा प्रतिपक्षीको मात्रै नभइ सत्तापक्षका केहि सांसदहरुको समेत असहमति रहेको बताएका छन् ।

आज शुक्रबार प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उहाले बजेटका विषयमा केही सत्ता पक्ष सांसदहरुको प्रतिपक्षीको भन्दा पनि बढी रुवाबासी देखिएको र बजेटमा पहुँज पुग्ने सत्तापक्षहरुले खुसी मनाएको बताए ।

उनले बजेट बनाउँदा देखिएको प्रवृत्तिले अहिलेको व्यवस्थालाई नै कमजोर बनाउने धारणा व्यक्त गरेका छन् । उनले केन्द्रबाट बाटोका लागि छुट्याइएको रकम एक लाख दुई भए पनि हुने प्रवृत्ति देखिएको भन्दै उनले यस्तो कनिका छर्ने बुद्धि र ज्ञान मन्त्रीहरुलाई कसले दियो ? भन्दै प्रश्न गरेका छन् ।

अध्यक्ष लिङदेनले अहिलेको प्रवृत्तिलाई सुधार गर्ने कुनै सङ्केत नदेखिएको र कुनै आवरणले ढाकछोप गरेर नहुने उल्लेख गरे ।