२८ आश्विन २०८३, बुधबार

‘बार एसोसिएसनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्छ’

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । नेपाल बार एसोसिएसनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने माग गर्दै विभिन्न कानुन व्यवसायीहरुले ज्ञापनपत्र बुझाएका छन् ।

आज शुक्रबार बार परिसर रामशाहपथमा पुगेर उनीहरुले बार एसोसिएसन प्रवेशमा राजनीतिक दलको सिफारिस लिनुपर्ने अवस्था आएकाले त्यसलाई अन्त्य गर्दै राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने भन्दै बार नेतृत्वलाई ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरुले बारमा राजनीतिक हस्तक्षेप भएकै कारण स्वतन्त्र न्यायापालिका र सक्षम बारको अवधारणा नै संकटमा पुगेको जनाएका छन् ।

बारको सदस्यता प्रदान गर्दा राजनीतिक आस्थाका आधारमा विभेद नगरि दिनुपर्ने परिपाटी स्थापीत गर्नुपर्ने र न्यायलयको पहरेदारीको रुपमा रहेका बारलाई राजनीतिक हस्तक्षेप मुक्त गर्नुपर्ने अधिवक्ता यज्ञमनि न्यौपाने बताए । उनले राजनीतिक हस्तक्षेप हाबी भएकै कारण सर्वोच्च लामो समय कामुका भरमा चल्न बाध्य भएको जिकिर गरे ।

कानून व्यवसायीहरुको ज्ञापनपत्र बुझ्दै नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बारले स्वतन्त्र न्यायपालिकाको पहरेदार गर्दै आफ्नो धर्मलाइ सदैव पालना गरेको बताए । उनले बारमा निर्वाचित हुँदै गर्दा राजनीतिक आस्थाको टोपी गेटमा नै फुकाल्ने प्रतिवद्धताका साथ आएको भन्दै बारमा राजनीतिक हस्पक्षेप हावी हुन नदिने धारणा व्यक्त गरे ।

अध्यक्ष घिमिरेले कानूनी प्रक्रिया पुरा गरेर बारमा सदस्यता दिन चाहनेलाई सहजीकरण गर्न बार तयार रहेको भन्दै राजनीतिक आस्थाका आधारमा सदस्यता दिन्छु वा दिन्न भन्ने अधिकार कसैलाई नरहेको स्पष्ट पारेका छन् ।

उनले देशका सवै बारमा सदस्यता प्रदान गर्ने मापदण्ड र प्रक्रियाका बारेमा आएका सुझाव सकारात्मक रहेको भन्दै छिटै बारको बैठक बोलाएर आवश्यक निर्णय गर्ने उल्लेख गरे ।