
काठमाडौं, १ असार । माछापुछ्रे बैंकलाई ‘इन्फोसिस फिनाकल इन्नोभेसन अवार्ड, २०२३’ द्वारा सम्मान गरिएको छ ।
ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङ्गमा अभुतपूर्व सफलता हासिल गरेकामा बैंकलाई बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिस फिनाकल भारत, बैंगलरुले ‘इन्फोसिस फिनाकल इन्नोभेसन अवार्ड, २०२३–मेक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट–गोल्ड’ सम्मान प्रदान गरेको हो ।
विगत दुई वर्षमा बैंकले आफ्नो डिजिटल सेवालाई निरन्तर परिष्कृत गर्नाका साथै उक्त सेवालाई सुरक्षित बनाउन नवीनतम कदमहरू चालेको बताएको छ । इन्फोसिस फिनाकलले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आइरहेको छ ।
यस वर्ष विश्वभरिबाट २०० भन्दा बढी कम्पनीहरु विभिन्न विधाहरुमा मनोनयनमा परेका थिए ।













प्रतिक्रिया