२८ आश्विन २०८३, बुधबार

काठमाडौं–नौबिसे सुरुङमार्ग निर्माणको गति बढाउन सांसद कृष्णगोपालको आग्रह

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । नेकपा एमालेका सांसद् कृष्णगोपाल श्रेष्ठले देशकै पहिलो काठमाडौं–नौबिसे सुरुङमार्ग निर्माणको गति बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद् श्रेष्ठले राष्ट्रिय गौरवको सो आयोजना निर्माणको काम असाध्यै ढिलो भएको भन्दै निर्माणमा गति बढाउन आवश्यक रहेको बताए ।

सुरुङ मार्ग निर्माणका क्रममा भएको ब्लाष्टिङका कारण त्यस वरपरका घरमा क्षति पुगेको भन्दै उनले त्यसबारे अध्ययन गरेर क्षति भएका घरलाई तत्काल क्षतिपूर्ति दिन पनि सरकारसँग माग गरेका छन् ।

‘सुरुङ निर्माणको क्रममा भित्र ढुंगा ब्लाष्टिङ गर्दा त्यसको ब्लाष्टिङले वरपरका घरहरू चर्किन थालेको छ, त्यसकारण सुरुङ मार्ग परियोजनाले ती घरहरूमा यथास्थिति जे जस्तो छ त्यसको अध्ययन गरेर क्षति भएका घरलाई तत्काल सरकारले क्षतिपूर्ती गरोस्, त्यो वस्तिलाई सुरक्षित र व्यवस्थित बनाओस्,’ उनले भने ।