रौतहट, २० जेठ । क्रसर उद्योगीहरूले ुपुरानोका नाममा हालसालै उत्खनन गरिएको ढुंगागिट्टी भारत निकासी भइरहेकोु भन्दै मध्यमाञ्चल क्षेत्रीय प्रशासकको कार्यालयले त्यस्तो कार्य तत्काल बन्द गर्न सम्बन्धित जिल्ला प्रमुखहरूलाई निर्देशन दिएको छ।
पटकपटकको सरकारी निर्णय लत्याउँदै खुलेआम ढुंगागिट्टी निकासी हुन थालेपछि क्षेत्रीय प्रशासकले सम्बन्धित जिल्ला प्रमुखहरूको ध्यानाकर्षण गराउँदै रोक्न निर्देशन दिएका हुन्। वीरगन्जबाट सोमबार पनि तीन सय ट्रक ढुंगागिट्टी भारत निकासी भयो। रौतहटको गौर भन्सारबाट भने दुई ट्रक मात्र निकासी भयो।
‘पुरानो स्टक भन्दै नया उत्पादन निकासी भइरहेको बुझिएको छ’, मध्यमाञ्चलका निमित्त क्षेत्रीय प्रशासक पुरुषोत्तम कुवरले सोमबार नागरिकसग भने, ‘सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निकासी पारदर्शी र वैज्ञानिक बनाउन निर्देशन दिएका छौं।’
प्रमुख जिल्ला अधिकारीहरूलाई स्थानीय विकास अधिकारीको स्वीकृतिपत्र हेरेर स्थलगत अध्ययनपछि मात्र निकासी अनुमति दिन निर्देशन दिएको उनले बताए। ‘पुरानो स्टक भनेर निर्णय गर्ने तर नयाँ उत्खनन गरेर निकासी गर्ने प्रवृत्ति देखिएको छ,’ उनले भने, ‘यस्तो कार्य कुनै हालतमा स्वीकार्य हुँदैन।’
सरकारले चुरे क्षेत्रको एक किलोमिटर र निकुञ्ज तथा आरक्षको मध्यवर्ती क्षेत्रबाट ढुंगागिट्टी उत्खनन र निकासी गर्न नपाइने निर्णय गरेको छ। विगतका मन्त्रिपरिषदले दुईपटक र हालका वनमन्त्रीबाट समेत यस्तो निर्णय भइसकेको छ। क्रसर उद्योगीहरूले भने चुरे र आरक्षका मध्यवर्ती क्षेत्रबाटै उत्खनन गरेर निकासी गरिरहेका छन्।
कुँवरका अनुसार क्षेत्रीय सुरक्षा बैठकमा समेत ढुंगागिट्टी निकासीको विषय उठेको थियो। बैठकमा प्रहरी प्रमुखहरूले निकासी नियन्त्रण र व्यवस्थित गर्न कठिनाइ भएको गुनासो गरेका थिए।
‘प्रहरीले ट्रिपर–ट्रक समात्छ तर कहा“ बुझाउने समस्या छ। जिविसमा लगेर बुझायो भने हजाररपा“च सय रुपैयाँ लिएर जिविसले नै छाड्ने प्रवृत्ति छ,’ बैठकमा प्रहरीको भनाइ उद्धृत गर्दै कुँवरले भने, ‘यो स्थितिमा चुरे संरक्षणका लागि सरकारले बृहत र प्रभावकारी कार्यक्रम अघि नसार्ने हो भने विनाश रोक्न सम्भव छैन।’ नागरिक दैनिकबाट













प्रतिक्रिया