२८ आश्विन २०८३, बुधबार

बालेन साहले काठमाडौं महानगरभित्र भारतीय चलचित्र चल्न नदिने

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ जेठ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले काठमाडौं महानगरभित्र भारतीय चलचित्र ‘आदिपुरुष’ चल्न नदिने बताएका छन् ।

दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटाएसम्म उनले सो चलचित्र चल्न नदिने बताएका हुन् ।

‘दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तबसम्म काठमाडौ महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन,’ उनले भनेका छन् ।

चलचित्रमा समावेश उक्त शब्द हटाउन उनले तीन दिनको समयमीमा समेत तोकेका छन् । ‘यो सच्याउन ती दिनको समय दिइएको छ । माता सीताको जय होस,’ उनले सामाजिक सञ्जालमा लेखका छन् ।