२८ आश्विन २०८३, बुधबार

कांग्रेसको प्रचार विभागमा ३९ जना सदस्य मनोनीत (नामावलीसहित)

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ जेठ । नेपाली कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागमा ३९ जना सदस्य मनोनीत भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम आज सदस्यहरू मनोनीत गरेका हुन् । यो विभागको प्रमुखमा पार्टी केन्द्रीय सदस्य मीन विश्वकर्मा छन् ।

आज मनोनीत हुने सदस्यहरूमा दीपकप्रसाद कुइँकेल (काठमाडौँ), गोपाल झा (महोत्तरी), कृष्णप्रसाद बस्याल (पाल्पा), तिलक राई (सुनसरी), गोविन्द परियार (तनहुँ), चन्द्रेश्वर खत्वे (सुनसरी), गणेश केसी (काठमाडौँ), शिला इजम (ताप्लेजुङ), गङ्गाधर पराजुली (कास्की), लोकराज ढकाल (झापा), सन्तबहादुर चेपाङ (मकवानपुर), राजु मास्के (मोरङ) छन् ।

यस्तै, उमिद वागचन (कैलाली), लीला खनाल (काठमाडौँ), चेतराज रेग्मी (मोरङ), मिथलेश मिश्र (रौतहट), मोती पौडेल (सुर्खेत), पवन अधिकारी (सुनसरी), कमला पाण्डे (रुपन्देही), फुलमाया सुनार (रुपन्देही), राजवहादुर गुरुङ (कास्की), राघव गौतम (चितवन), अनुषा नेपाल (काठमाडौँ), निगम हुमागाईं (काभ्रे), गोविन्द मरासीनी (स्याङ्जा), इञ्जिनीयर हुकुमबहादुर बुढा (रोल्पा), रम्भा मिश्र (पर्सा), लवदेव ढुङ्गाना (पाँचथर), दिनेशविक्रम शाह (काठमाडौँ) रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी, सुरेश यादव (धनुषा), इन्द्र रिजाल (स्याङ्जा), मो. ओजिर देवान (रौतहट), पूर्णबहादुर नेपाली (सुर्खेत), अशोकनाथ योगी (कालीकोट), विष्णुप्रसाद तिम्सिना (ललितपुर), दीपेन्द्र वान्तवा (सङ्खुवासभा), सज्जन ठाकुर (महोत्तरी), प्रकाश खरेल (अष्ट्रेलिया) र विनोद मोक्तान (वेलायत) रहेको मुख्यसचिव पौडेलले बताए ।

हेर्नुहोस् विभागका सदस्यहरूको नामावली तालिकामा–