
काठमाडौं, ३२ जेठ । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि काठमाडौंको भुकुटीमण्डपमा सुरू भएको हिसान शैक्षिक मेला बन्द गराएको छ ।
आवश्यक प्रक्रिया पूरा नगरी शैक्षिक मेला सुरू गरेको भन्दै महानगरले एकदिनका लागि मेला बन्द गराएको हो ।
महानगरले स्थानीय तहसँग आवश्यक समन्वय नगरेको, एसईईको नजिता प्रकाशित नहुँदै विद्यार्थी भनाए प्रक्रिया अघि बढाएकाले मेला बन्द गराउनुपरेको जनाएको छ ।
काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहका सचिवालयका सदस्य सस्मित पोखरेलले महानगरले कलेजका बारेमा जानकारी दिन पाउने भए पनि विद्यार्थीहरुको नाम सङ्कलन गर्ने, विद्यार्थीहरु भर्ना गर्ने, विवरण लिने काम नगर्न भने पनि त्यस विपरीतको कार्य भएको पाइएकाले मेला बन्द गरिएको जानकारी दिए ।
मेलाको बारेमा महानगरमा विस्तृत रुपमा जानकारी आएको खण्डमा र प्रक्रिया पुराएर अघि बढे शुक्रबारदेखि मेला पुन: आयोजना गर्न सहमति दिइने महानगरले जनाएको छ ।













प्रतिक्रिया