२८ आश्विन २०८३, बुधबार

ठेलागाडामा भेटियो २५ लाख रुपैयाँ भन्दा बढीको अबैध सामान

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, ३२ जेठ । पर्साको वीरगञ्जमा ठेलागाडामा २५ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरका अवैध सामान फेला परेको छ ।

वीरगञ्ज महानगरपालिका–१० आदर्शनगर ईलाकाबाट २५ लाख २५ हजार ६ सय रुपैयाँ बराबरको अबैध सामान हिजो बुधबार सशस्त्र प्रहरीले फेला पारेको हो ।

प्रहरीका अनुसार दुई वटा ठेलामा लोड गरी भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको र बिल बिजक नभएको लत्ताकपडा, स्मार्ट घडी र एयरबर्डसलगायत सामान प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले बरामद गरेको हो ।

सामान ल्याउने व्यक्तिहरू भने सशस्त्र प्रहरीलाई देख्नासाथ सामान छाडेर फरार भएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवम् सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

उनका अनुसार बरामद गरिएको मध्ये विलविजक विनाको सुटिङ्गको कपडा ५ लाख ७० हजारको तथा अन्य लत्ताकपडा, स्मार्ट घडी र एयरबर्डस् गरी १९ लाख ५५ हजार ६ सय रुपैयाँको रहेको छ ।

बरामद सामान आवश्यक कारबाहीका लागि बुधबार नै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको बताइएको छ ।