
काठमाडौं, ३२ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले स्थानीय उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर लगाइएको बताएका छन् ।
आज बिहीबार सिंहदरबारमा नेपाल कृषि मेसिनरी व्यवसायी संघ, कृषक संघ लगाएत कृषकहरुसँगको सामूहिक भेटका क्रममा अर्थमन्त्री महतले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण गर्ने र कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा कर लगाइएको बताएका हुन् ।
उनले कर कारण स्वदेशी उत्पादनमा नभई आयातित वस्तुमात्रै महङ्गो हुने र स्थानीय उत्पादनलाई असर नपर्ने जिकिर गरेका छन् । करको दर लागू नहुँदै सुनियोजित रुपमा केही संगठित व्यक्तिहरुले मूल्यवृद्धि गरेको अर्थमन्त्री महतको भनाइ छ ।
उनले उत्पादनका आधारमा अनुदान दिने, गुरु किसान कार्यक्रम लगायत विषयहरुलाई बजेटले प्राथमिकतामा राखिएको जानकारी दिए ।
भेटका क्रममा प्रतिनिधिहरुले आन्तरिक उत्पादनको संरक्षणको लागि सरकारको कदम स्वागतयोग्य भएको भन्दै यस क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।













प्रतिक्रिया