३ कार्तिक २०८३, मंगलबार

सिंहदरबारका कामचोर कर्मचारीविरूद्व राष्ट्रिय सतर्कता केन्द्रको आकस्मिक अनुगमन (भिडिओसहित)

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ जेठ । कार्यालय आएर हाजिर गरेर फर्कने गरेको गुनसो आएपछि राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारमा आकस्मिक अनुगमन गरेको छ ।

बिहीबार केन्द्रको अनुगमन टोलीले सिंहदरबारका सबै गेटमा बसेर सिंहदरबारबाट बाहिरिने कर्मचारीसंग सोधपुछ गरेर आवश्यक रेकर्ड राखेको थियो ।

सिंहदरबारभित्र काम गर्ने कर्मचारीले बिहान कार्यालय प्रवेश गरेर हाजिर गरेर बाहिरिने र अपरान्ह पुन: हाजिर गर्नका लागि मात्रै जाने गरेको गुनसो आएपछि अनुगमन गरिएको केन्द्रले जनाएको हो ।

अनुगमनका क्रममा सबैको रेकर्ड राखिएको र त्यसलाई अध्ययन गरेपछि सम्बन्धीत मन्त्रालयमा लेखेर पठाइने बताइएको छ ।

अनुगमनका क्रममा बाहिरिने कर्मचारीहरुले अस्पताल जान लागेको, खाना खान जान लागेको, चिठी पुर्‍याउन जान लागेको लगायतका विवरण टिपाएका थिए ।