३ कार्तिक २०८३, मंगलबार

यी हुन् बल्छी ध्रुवेसँगै पक्राउ परेका आठजना कलाकार र युट्युबर

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ जेठ । प्रहरीले हास्य कलाकार मरिचमान श्रेष्ठसहित आठजना कलाकार र युट्युबरलाई पक्राउ गरेको छ ।

वानएक्स बेटको विज्ञापन गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’,  पवन खतिवडा ‘म्याकुरी’ , राजु पौडेल’ राजुमास्टर’, युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर ‘जलन’, गणेश देवकोटा ‘जिडी’, सरोज घिमिरे ‘ढेडु बुढो’ र बेगम नेपाली ‘भटभटे माइला’ छन्।

उनीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ।

उनीहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने विज्ञापन गर्दै आएका थिए ।