
काठमाडौं, ३२ जेठ । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतले नयाँ संसद भवनमा राखेको अखण्ड भारतको नक्साकाबारेमा नेपाल सरकारको मौनताप्रति आपत्ति जनाएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पन्तले नक्साकाबारेमा नेपाल सरकोको स्पष्ट धारणा संसदलाई जानकारी गराउन माग गरेका हुन् ।
दिल्लीमा भएको पत्रकार सम्मेलनमा भारतीय विदेशमन्त्री एस जयशंकरले नक्साको विषयमा नेपालको चित्त बुझेको छ भन्ने अभिव्यक्ति दिएकोमा पन्तले आपत्ति जनाउँदै के साँच्चै नेपाललाई चित्त बुझेको हो ? भन्दै प्रश्न गरेका हुन् ।
‘के भारतले दिएको परिभाषा नेपालले पनि स्वीकारेको हो ? यसमा सरकारको दृष्टिकोण केहो संसदलाई स्पष्ट पारियोस् । के नक्साबारे नेपालको चित्त बुझेको हो ? दिल्लीमा भएको पत्रकार सम्मेलनमा भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल जस्तो मित्र राष्ट्रको चित्त बुझेको छ भने । के साँच्चै नेपालको चित्त बुझेको हो ? एकातिर भारतले सांस्कृतिक नक्सा भनेर ढाकछोप गर्न खोजेको र अर्कोतर्फ भारतीय मन्त्रीले नै संकल्प स्पष्ट छ भन्दै अखण्ड भारत भन्दै भविष्यमा अखण्ड भारत बनाउने अभिव्यक्ति व्यक्त गर्छन । हाम्रो मौनता हाम्रो स्वाधिनतामाथि वेवास्ता हो,’ उनले भने ।















प्रतिक्रिया