३ कार्तिक २०८३, मंगलबार

यी हुन् एमाले प्रचार विभागको बैठकले गरेका निर्णयहरू

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । नेकपा एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले मिडिया परिचालनसम्बन्धी कार्ययोजना निर्माण गर्ने भएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभाग प्रमुख राजेन्द्र गौतमको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न कार्ययोजना निर्माण गर्ने निर्णय गरेको हो ।

बैठकले कार्ययोजना निर्माणका लागि प्रचार विभाग सचिव गगन बिष्टको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाएको छ ।

विभागले प्रिन्ट मिडिया, अनलाइन मिडिया, टेलिभिजन, रेडियोदेखि सोसल मिडियाको अनुगमन र परिचालनका लागि स्पष्ट कार्ययोजनासहित अघि बढने विभागका अध्यक्ष गौतमले बताउनुभयो ।