
काठमाडौं, ३० जेठ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउने कुरामा एमालेको कुनै रुची नरहेको बताएका छन् ।
पछिल्लो समय नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले कम्युनिष्ट पार्टी ब्युँताउन गरिरहेको प्रस्तावप्रति टिप्पणी गर्दै उनले नेकपा ब्युँतिने कुरा असम्भव रहेको समेत बताएका छन् ।
नेकपा ब्युँताउने अध्यक्ष नेपालको प्रस्ताव नै हास्यास्पद रहेको बताउँदै उपमहासचिव ज्ञवालीले त्यस प्रस्तावप्रति एमालेको कुनै रुची नरहेको स्पष्ट पारेका हुन् ।
पछिल्लो समय कांग्रेसको सहयोगी भनेर कम्युनिष्टविरोधी अभियान चलाइरहेको भन्दै उनले अध्यक्ष नेपालले कम्युनिष्ट नाम राख्नु नै उचित नभएको बताएका छन् ।













प्रतिक्रिया