काठमाडौं, १३ जेठ । वैदेशिक रोजगारीका लागि कुवेत जानको लागि काठमाडौंको बानेश्वरमा बसिरहेका दुई जनाको विनाशकारी भूकम्पमा परी मृत्यु भएको कुरा सार्वजनिक भएको छ ।
वैदेशिक रोजगारीका लागि कुवेत जान घरबाट हिँडेका बलुहवा ५ का राजेश यादव र चेतराम तेलीको काठमाडौंमा मृत्यु भएको जिल्ला दैवी प्रकोप उद्धार समिति कपिलबस्तुले बुधबार सार्वजनिक गरेको हो । गत बैशाख १२ गतेको भूकम्पमा परी उनीहरुको मृत्यू भए पनि हालै मात्र उक्त तत्यांक सार्वजनिक गरिएको हो ।
बानेश्वरस्थित न्यू जनसेवा गेस्टहाउसको चौथो तलामा बसेका उनीहरुको भूकम्पले घर ढलेर थिच्दा मृत्यु भएको समितिको तथ्याङ्कमा उल्लेख छ । उनीहरुको शवलाई परिवारको जिम्मा लगाइसकिएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया