
काठमाडौं, ३० जेठ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकबाट केन्द्रीय कमिटी सदस्यमा मनोनीत भएका रसुवाका प्रेम तापाङले आज सपथ लिएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर तामाङले अध्यक्ष ओलीबाट पद तथा गोपनीयताको सपथ ग्रह गरेका हुन् ।
यसअघि सामुहिक सपथ समारोहमा छुटेका तामाङले आज सपथ लिएको केन्द्रीय सदस्य एवम् केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

सपथका क्रममा पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीलगायत रसुवाका नेताहरूको उपस्थिति थियो ।













प्रतिक्रिया