२८ आश्विन २०८३, बुधबार

राष्ट्रपति पौडेल अस्पताल भर्ना

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । केही समयअघि भारतको नयाँदिल्लीमा उपचार गराएर स्वदेश फर्किएका राष्ट्रपति रामचन्द्र पौडेल आज मंगलबार बिहान पुन: अस्पताल भर्ना भएका छन् ।

मुटुमा समस्या देखिएपछि उनलाई काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको हो ।

यसअघि शनिबार गंगालालमै पौडेलको स्वास्थ्य परीक्षण गरिएको थियो ।

राष्ट्रपति पौडेललाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखेर उपचार थालिएको बताइएको छ ।