३ कार्तिक २०८३, मंगलबार

मेयर बालेनको निर्देशनमा विद्यालयमा लगाइएको ताला तोडेर पठनपाठन सुचारू

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको निर्देशनमा दुईवटा विद्यालयमा लगाइएको ताला तोडेर पठनपाठन सुचारू गराइएको छ ।

विभिन्न माग राख्दै विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले सानो भर्‍याङस्थित संस्कृति स्कुल र बाँसबारीस्थित युलेन्स स्कुलमा तालाबन्दी गरेको थियो ।

तालाबन्दी भएको थाहा पाएपछि बालेनले ताला तोडेर पठनपाठन सुचारू गर्न ठाडो निर्देशन दिएका थिए ।

बालेनले आफूहरू शिक्षा सुधारको काममा दृढ भएर लागेको भन्दै विद्यालयहरूले नियम पालना नगरेको पाइए तालाबन्दी गर्ने नभइ महानगरलाई जानकारी दिन आग्रह गरेका छन् ।