२९ आश्विन २०८३, बिहिबार

अन्तर्राष्ट्रिय फुटबलका संघका अध्यक्ष पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

FIFA

काठमाडौ, १३ जेठ । अन्तरर्राष्ट्रिय फुटबल एशोसिएसन फिफाका ६ जना पदाधिकारी भष्ट्राचारको अभियोगमा बुधबार बिहान पक्राउ परेका छन् ।

स्वीटजरल्याण्ड प्रहरीले स्वीट्जरल्याण्डको ज्युरिचस्थित एक होटलबाट उनीहरुलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् ।

उनीहरुलाई सादा पोशाकका प्रहरीले पक्राउ गरेका थिए । बिगत २० वर्षदेखि उनीहरुले पैसा बाहिर पठाउने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको समाचारमा उल्लेख छ ।

पक्राउ परेका पदाधिकारीहरु वर्षेनी हुने फिफाको बैठकमा सहभागी हुन ज्युरिच पुगेका थिए । यो बैठकबाट सेप ब्राटर पाँचौं पटक अध्यक्ष हुने तयारीमा थिए । अधिकारीहरुको गिरफ्तारीसँगै ब्राटरको पुनः अध्यक्ष बन्ने सपना चकनाचुर जस्तै बनेको छ ।