२८ आश्विन २०८३, बुधबार

विद्यालय कर्मचारीहरूले सुरू गरे रिले अनशन, मागहरू के–के छन् ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । विभिन्न माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका सामुदायिक विद्यालय कर्मचारीहरूले रिले अनशन सुरु गरेका छन् ।

विद्यालयका कर्मचारीको न्यूनतम पारिश्रमिकको माग गर्दै आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद् संघर्ष समितिले सोमबारबाट काठमाडौंको भद्रकालीमा रिले अनसन सुरु गरेका हुन् ।

विद्यालयका कर्मचारीहरूले शिक्षा क्षेत्रको समस्या समाधानका लागि संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, न्यूनतम पारिश्रमिकका साथै शिक्षकहरूको सेवा सुविधा बढाउनुपर्ने माग राखेका छन् ।

नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले लामो समय काम गरेपनि सरकारले शिक्षक लगाएत विद्यालयका कर्मचारीको भविष्यका लागि कुनै चासो नदिएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको बताए । उनीहरूले आफूहरूको मागका बारेमा सरकारले उचित सम्बोधन नगरे आन्दोलन नरोकिने धारणा व्यक्त गरेका छन् ।

उनीहरूले असार १ गतेसम्म रिले अनसनमा बस्ने र माग पुरा नभए असार २ गतेदेखि सम्पूर्ण सामुदायिक विद्यालयहरू बन्द गर्ने चेतावनी दिएका छन् ।