१ कार्तिक २०८३, आइतबार

शाहरूख खानको पोज ‘गिनिज वर्ल्ड बुक’ मा दर्ता

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । बलिउड सुपरस्टार शाहरूख खानको पोजले गिनिज वर्ल्ड रेकर्ड बनाएको छ ।

दुवै हात फैलाएर आलिङ्गनका लागि आह्वान गर्नु बलिउड स्टार शाहरुख खानको सिग्नेचर पोज हो। दर्शकसामु यो पोज उनको पहिचान हो।

शनिबार शाहरूखलाई भेट्न उनको बंगला मन्नत अगाडि पुगेका शुभचिन्तकहरूले शाहरूख बाहिर आउने बित्तिकै उनको सिग्नेचर पोज दिएका थिए ।

१८ जुनमा शाहरुखको फिल्म पठानको वर्ल्ड टेलिभिजन प्रिमियर हुँदैछ। मन्नतबाहिर करिब तीन सय फ्यानहरू भने एकै किसिमको टिसर्ट लगाएर शाहरुखलाई पर्खिबसेका थिए ।

च्यानलको लोगोसहितको टी-शर्ट लगाएका उनीहरूले शाहरुखलाई देख्नेबित्तिकै उनको सिग्नेचर पोज बनाएर अनौठो वर्ल्ड रेकर्ड राखेका हुन् ।

हजारौँ फ्यान गर्मीको परवाह नगरि शाहरूखलाई हेर्न उनको बंगला अगाडि पुगेका थिए ।