
काठमाडौं, २८ जेठ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोशी प्रदेशस्थित रंगेली अस्पताललाई दुई वटा पोस्ट अपरेशन मोनिटर र एउटा भ्याक्सिन स्टोरेजका लागि फ्रिज प्रदान गरेको छ ।
बैंकको प्रदेश कार्यालय विराटनगरमार्फत शाखा कार्यालय रंगेलीद्वारा आज रंगेली अस्पातलाई सो सामग्री हस्तान्तर गरिएको हो ।
यस्तै, बैंकले काठमाडौंको डिल्लीबजारस्थित डिल्लीबजार कन्या क्याम्पसलाई प्रोजेक्टर हस्तान्तरण गरको छ । विद्यार्थीहरूलाई पठानपाठनमा सजिलो होस् भनेर प्रोजेक्टर प्रदान गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सिटिजन्स बैंकको देशभर १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ ईकाईहरु छन् ।













प्रतिक्रिया