
काठमाडौं, २८ जेठ । आफ्नो स्थपनाको २२ वर्ष पूरा गरी २३औं वर्ष प्रवेशको अवसरमा आईएमई लिमिटेडले हिजो शनिबार प्रभातफेरी आयोजना गरेको छ ।
‘निरन्तर सहयात्रा विश्वासको’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रभातफेरी कम्पनीको केन्द्रीय कार्यलय पानीपोखरीबाट सुरू भएर लाजिम्पाट, लैनचौर, उत्तरढोका, नागपोखरी, दरबारमार्ग हुँदै पुन: केन्द्रीय कार्यालयमा आएर समापन गरिएको थियो ।
डिजिटल रेमिटेन्सको प्रबद्र्घन तथा रेमिटेन्स गर्दा औपचारिक माध्यमको प्रयोगसम्बन्धी सचेतना जगाउने उद्देश्यले प्रभातफेरी आयोजना गरिएको कम्पनीले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा प्रबन्ध निर्देशक हेमराज ढकालको नेतृत्वमा प्रभातफेरी आयोजना गरिएको हो । ‘सुरक्षित रेमिटेन्स, सुरक्षित भविष्य’, ‘रेमिटेन्स गर्दा डिजिटल माध्यमको प्रयोग गरौं’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका ४०० भन्दा बढी कर्मचारीहरुको सभागिता रहेको थियो ।
प्रभातफेरीमा चर्चित कलाकार तथा आईएमईका ब्राण्ड एम्बेसडर दीपकाराज गिरी र दीपाश्री निरौला पनि सहभागी थिए ।














प्रतिक्रिया