
दाङ, २८ जेठ । नेपाली काङ्ग्रेसका नेता तथा काँग्रेस रुपान्तरण अभियानका अभियन्ता गुरुराज घिमिरेले काँग्रेस पार्टी कसैको निजी मामला नभएको बताएका छन् ।
दाङको घोराहीमा आज आइतबार नेपाली काँग्रेस रुपान्तरण अभियानको अन्तरक्रिया कार्यक्रममा घिमिरेले कांग्रेस कसैको प्राइभेट कम्पनी नभएको र पार्टीभित्र कुनै व्यक्तिले मनलाग्दी गर्न नपाउने बताएका हुन् ।
गोजीबाट नेता छान्ने, टिकट बाड्ने गर्न नपाइने भन्दै नेता घिमिरेले पार्टी विधिमा चल्नुपर्ने बताए । उनले वीपी कोइरालाले स्थापना गरेको पार्टी अहिले कुनै व्यक्तिको निजी मामला बनेको भन्दै सच्चा कार्यकर्ताहरू अब बोल्ने बेला आएको उल्लेख गरे ।

पार्टीको केन्द्रीय बैठक लामो समयदेखि नबस्दा नेताहरु बाहिर बोल्न बाध्य भएको उनको भनाइ छ । पार्टीको रुपान्तरणका लागि देशभरीका कार्यकर्ता जुट्न समेत घिमिरेले आग्रह गरेका छन् ।
यस्तै, कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा काँग्रेस नेता रञ्जित कर्णले वीपीको विचारलाई अपमान गर्नेहरुले वीपीको फोटो राखेर कार्यक्रम गर्न नपाउने बताए ।













प्रतिक्रिया