२८ आश्विन २०८३, बुधबार

ससुराले गरे बुहारीको हत्या, सासुले डोकोमा लगेर केदारेश्वरमा गाडिन्

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २८ जेठ । आफ्नै बुहारी २७ वर्षीया कौशी भन्ने कबिता बुढाको हत्या गरेको अभियोगमा गौरीगंगा नगरपालिका–१ गोप्का बस्ने ५२ वर्षीय डिल्ली सिंह बुढा र उनकै श्रीमती ५० वर्षीया लहरी बुढालाई प्रहरीले पक्राउ गरेको छ ।

कबिता यही जेठ १८ गतेबाट हराएको भन्ने निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा हत्या गरी गौरीगंगा नगरपालिका–१ केदारेश्वर सामुदायिक बनस्थित सुख्खा नालामा खाल्डोमा गाडेको अवस्थामा कविताको शव फेला परेको थियो ।

घरको काम नगर्ने, आफुखुशी गर्ने भनी निहु खोज्दै बिवाद हुँदा भान्सा कोठामा रोटी पकाउँदै गरेकी कबितालाई डिल्लीले टाउकोमा चिरपट दाउराले प्रहार गरी हत्या गरेपश्चात डिल्ली र उनकै श्रीमती लहरी मिलेर लाशलाई डोकोमा हाली उक्त बनमा लगि गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

सो तथ्य खुलेपछि लहरीलाई गत मंगलबार र फरार रहेका डिल्लीलाई भजनी नगरपालिका–३ सीमावर्ती क्षेत्रबाट हिजो शनिबार प्रहरीले पक्राउ गरेको हो ।

साथै प्रतिवादी डिल्लीलाई लुकाई छिपाई राख्न सहयोग गर्ने भजनी नगरपालिका–४ बस्ने ४१ वर्षीय जयबीर बुढालाईसमेत प्रहरीले पक्राउ गरेको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।