२८ आश्विन २०८३, बुधबार

क्षमता वृद्विका लागि अघि बढ्न महिला कर्मचारीलाई एमाले अध्यक्ष ओलीको सुझाव

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिला कर्मचारीलाई अधिकार प्राप्तिको सङ्घर्षसँगै क्षमता वृद्विका लागि योजनाबद्धरुपमा अघि बढ्न सुझाव दिएका छन् ।

आज कठामाडौंमा आयोजित नेपाल निजामति कर्मचारी सङ्गठनको दोस्रो राष्ट्रिय महिला भेलाको उद्घाटन गर्दै अध्यक्ष ओलीले कुनै पनि क्षेत्रमा सफल हुन क्षमता वृद्धि आवश्यक रहेको बताए ।

‘अधिकार प्राप्तिको सङ्घर्षसँगै क्षमता वृद्धि पनि आवश्यक छ, योजनाबद्ध ढङ्गले अधिकारसँगै क्षमतावृद्विका प्रयास योजनाबद्धरुपमा अघि बढाउन यो भेला आयोजना भएको मैले ठानेको छु,’ अध्यक्ष ओलीले भने । हकअधिकार प्राप्त गर्न र प्राप्त अधिकारको संरक्षण हुनुपर्नेमा ओलीको जोड छ ।

नेकपा एमाले स्थापना कालदेखिनै समानताको पक्षमा लड्दै आएको चर्चा गर्दै उनले समानताको मान्यताबाट आफूहरु पछि नहटने प्रतिबद्धता व्यक्त गरे । देश र जनताप्रति इमान्दार हुँदै सेवाभावले प्रेरित भइ काम गर्न महिला कर्मचारीलाई ओलीले सुझाव दिएका छन् ।

कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा फुकोट–कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनीलाई दिइएकोप्रति असन्तुष्टि व्यक्त गरे । ‘फुकोट कर्णाली आयोजना एकदमै सस्तो छ । कुदिरहेको नदीमै रिजर्भर नबनाइकन ४८० मेगावाट बिजुली निकाल्न सकिन्छ । यो आयोजना नेपालले निर्माण गर्नेबारे मैले २०७६ मै निर्णय गरेको थिए,’ अध्यक्ष ओलीले भने ।

उनले सीमा नाकामा संयुक्त चेकजाँच पोष्ट निर्माणको काम आफ्नै कार्यकालमा सुरु भएको समेत दाबी गरेका छन् ।