३० आश्विन २०८३, शुक्रबार

चितवन र प्यूठानमा भएका बस दुर्घटनामा १३ जनाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bus-acchident-piuthan

काठमाडौं, १९ जेठ। चितवन र प्यूठानमा भएका छुट्टाछुट्टै बस दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।

स्वर्गद्वारीबाट तीर्थयात्रु बोकेर कपिलवस्तुको कृष्णनगरतर्फ फर्कँदै गरेको पश्चिम नेपाल यातायातको लु १ ख ३८०३ नं को बस प्युठानको गोठिभाङ गाविसमा दुर्घटनामा पर्दा ११ जनाको ज्यान गएको छ । दुर्घटनामा ३५ जना घाइते छन् ।

बसमा अधिकांश भारतीय नागरिक थिए ।

सडकबाट करिब एक सय मिटर तल खसेको प्यूठान प्रहरी प्रमुख दिपक रेग्मीले जानकारी दिएका छन् । सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना घटनास्थलमा पुगेर उद्दार गरिरहेका छन् । दुर्घटनापछि अझै बसमा एकजना च्यापिएको अवस्थामा रहेकाले मृतकहरुको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यता, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर नगरपालिका–१ स्थित रामनगर उकालोमा सोमवार दिउँसो यात्रुबस पल्टिँदा दुई जनाको मृत्यु भएको छ । यो घटनामा अन्य ४२ जना घाइते भएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकका सनाखत हुन सकेको छैन । मृतक दुवै पुरुष हुन् ।

घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

धरानबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ ख ४२८२ नम्बरको बस आफैं अनियन्त्रित भइ सडकमा पल्टिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।