२८ आश्विन २०८३, बुधबार

गौरीशंकर संरक्षण क्षेत्रबाट उत्पन्न समस्याबारे वनमन्त्री महतोको ध्यानाकर्षण

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । गौरीशंकर संरक्षण क्षेत्रबाट उत्पन्न समस्या र स्थानीयवासीले झेलिरहेको पीडाबारे दोलखाको बिगु गाउँपालिकाले वन तथा वातावरणमन्त्री वीरेन्द्रकुमार महतोको ध्यानाकर्षण गराएको छ ।

गाउँपालिकाका प्रमुख सञ्जिव ओली र कार्यपालिकाका सदस्यहरूसहितको टोलीले हिजो बिहीबार मन्त्रालयमै पुगेर ज्ञापनपत्र बुझाउँदै मन्त्री महतोतको ध्यानाकर्षण गराएको हो ।

दोलखाको सिंगटीमै केन्द्रीय कार्यालय रहेको संरक्षण क्षेत्रलाई स्थानीयका समस्याबारे पटक–पटक जानकारी गराउँदा पनि समाधानका लागि चासो नदेखाएका कारण आफूहरू मन्त्रालयसम्म आउनुपरेको गाउँपालिका प्रमुख सञ्जिव ओलीले जानकारी दिए ।

संरक्षण क्षेत्रका कारण दशकौँदेखि उत्खनन् हुँदै आएको ढुंगाखानी बन्द भएको र स्थानीय जनताको रोजीरोटी गुमेको, जंगली जनावरबाट बालीनाली र मानवीय जीवनमै क्षति पुग्न थालेको र करको क्षेत्र समेत यकिन नुहँदा स्थानीय अत्यन्तै पीडामा परेको ज्ञापनपत्रमा उल्लेख छ ।

पढ्नुहोस् ज्ञापनपत्र–