२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्रीलाई प्रश्न– भारतीय शासक वर्गको प्रभुत्ववादी आकांक्षा किन ढाकछोप गर्नुहुन्छ ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्शा भारतीय शासक वर्गको प्रभुत्ववादी आकांक्षाको अभिव्यक्ति भएको बताएका छन् ।

तर, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले भने भारतीय शासक वर्गको कुआकांक्षालाई संसदको रोष्ट्रममै उभिएर लुकाउने कोशिस गरिरहेको भन्दै उनले दु:ख व्यक्त गरेका छन् ।

आज बिहीबार सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले भारतको नयाँ नक्शामा आफ्नो मुलुकको भूभाग देखाइएको भन्दै अन्य मुलुकका सरकारले भारत सरकारसँग औपचारिक रुपमा स्पष्टीकरण मागेका समाचार आइरहेको स्मरण गराउँदै नेपालका प्रधानमन्त्रीले भने भारतीय शासक वर्गको प्रभुत्ववादी आकांक्षा ढाकछोप गर्न खोजिरहेको बताएका छन् ।