काठमाडौं, २४ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वामदेव गौतमको सदस्यता नेकपा एमालेमा कायमै रहेको बताएका छन् ।
बुधबार राष्ट्रियसभा बैठकबाट बाहिरिने क्रममा गौतमले ७० वर्षे उमेर हद हटाएर ओलीले बोलाए आफू एमालेमै फर्किन तयार भएको बताए लगत्तै ओलीले उनको सदस्यता एमालेमै रहेको बताएका हुन् ।
गौतम एमालेमै फर्किन इच्छुक रहेको भन्ने पत्रकारहरूको जिज्ञासामा ओलीले भने ‘वामदेव गौतमको सदस्यता एमालेमै छ,’ ।
गौतमले २०७८ भदौ १८ गते पार्टी परित्याग गरेका थिए।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस