२९ आश्विन २०८३, बिहिबार

उत्तरपश्चिम पाकिस्तानमा आतङ्कवादीसँगको गोली हानाहानमा एक सैनिकको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ ।  पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा तङ्कवादीहरूसँगको गोली हानाहानमा एकजना पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर (सर्भिसेस पब्लिक रिलेसन्स आईएसपीआरले सोमबार अफगानिस्तानसँग सीमा जोडिएको जिल्ला दक्षिण वजिरिस्तानको लधा क्षेत्रमा गोलीबारी भएको जनाएको हो ।

घटनापछि सो क्षेत्रमा फेला परेका अन्य आतङ्कवादीहरूलाई हटाउनका लागि कारबाही थालिएको छ । पाकिस्तानी सुरक्षा बलहरू देशबाट आतङ्कवादको खतरा हटाउन कटिबद्ध रेहेको पनि सेनाले जनाएको छ ।